ट्रम्पलाई बाइडेनको अपील : ‘रिस छोड्नुस् हामी विरोधी हौँ, तर दुश्मन होइनौँ’

काठमाडौं । अमेरिकामा डेमोक्रेट उम्मेद्वार जो बाइडेन राष्ट्रपति बन्ने लगभग पक्का भएको छ ।

४ ठूला राज्य मध्ये पेन्सिलभेनिया, जर्जिया र नेवादामा बाइडेन अगाडि छन् भने नर्थ क्यारोलिना र अलास्कामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडि रहेका छन् ।

बाइडेनले हालसम्म २५३ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पले २१४ इलेक्टोरल भोट पाएका छन् । तर राष्ट्रपति बन्नको लागि २७० इलेक्टोरल भोटको आवश्यक पर्दछ ।

त्यस्तै शनिवार बाइडेन आम नागरिरकहरुबीच देखिएका थिए । उनले चुनावी माहोललाई सामान्य बनाउने प्रयाश गरे ।

उनले ट्रम्पको नाम नलिइकनै भने, रिस छोड्नुहोस्, हामी विरोधी हौँ तर दुश्मन होइनौँ, हामी सबै अमेरिकी हौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?