ट्रम्प भन्छन् – ‘बाइडेनले प्रेसिडेन्सीको गलत दाबी गर्न हुँदैन’ !

काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनाव अब कानूनी लडाईमा फसेको छ ।

केहि राज्यमा पछि परेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले कोर्टमा मुद्दा दर्ता गरेका छन् । साथै बाइडेनले भने आफ्ना समर्थकलाई धैर्य राख्न आग्रह गरेका छन् ।

अहिले लगभग आधा दर्जन राज्यमा काउन्टिङ जारी छ । तर जर्जियामा बाइडेनको पक्षमा धेरै देखिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले बाइडेनले प्रेसिडेन्सीको गलत दाबी गर्न नहुने बताएका छन् ।

उनले भने, ‘यो दाबी म पनि गर्न सक्थेँ, तर यो काम कानूनको हो, अब अदालतले नै यसको निर्णय गर्नेछ ।’

मतगणनाका अनुसार अहिलेसम्म ट्रम्प भन्दा उनका प्रतिद्वन्दी जो बाइडेन अगाडि रहेका छन् । तर ट्रम्पले मतगणनामा पारदर्शिता देखाउन सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?