क्रिकेट रंगशालालाई भरतपुर महानगरपालिकाको २ करोड आर्थिक सहयोग

काठमाडौं । भरतपुर महानगरपालिकाले निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई थप २ करोड आर्थिक सहयोग प्रदान गरेको छ ।

महानगरले शुक्रवार धुर्मुस सुन्तली फाउन्डेसनलाई थप २ करोड आर्थिक सहयोग प्रदान गरेको हो ।

महानगरका प्रमुख रेणु दाहालले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई आर्थिक रकम हस्तान्तरण गरिन् ।

यस अघि पनि महानगरले रंगशालालाई २ करोड सहयोग गरिसकेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेसनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो ।

हालसम्म रंगशालाको मुख्य मैदानको काम ९० प्रतिशत सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?