बाइडेनलाई जितका लागि अझै कुर्नुपर्ने, जर्जियामा फेरि हुँदै मत गणना

अमेरिकाको अबको राष्ट्रपति को बन्छ ? यसको निर्णय हुन अझै बाँकी छ । अहिलेसम्म डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेन भारी मतले अगाडि रहेका छन् ।

पेन्सिलवेनिया, नर्थ क्यारोलिना, एरिजोना र जर्नियाको मत गणनाको नतिजा आएपछि मात्रै यसको बारेमा थाहा हुन्छ । तर जर्जिया र पेन्सिलवेनियामा बाइडेन अगाड देखिएका थिए ।

यसबीचमा जर्जियामा भने फेरि मत गणना गरिने भएको छ ।

जर्जियामा १६ इलक्टोरल भोट छ । अहिलेको स्थितीसम्म जो बाइडेन २५३ र राष्ट्रपति डोनाल्ड ट्रम्प २१४ इलेक्टोरल भोटको साथमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?