नेतृत्वमा आएपछि महासंघको प्रतिष्ठा अझ उँचो बनाउने काम गर्छु : उपाध्यक्ष ढकाल

नेपालगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले आफू नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आएपछि यो संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उँचो बनाउने काममा सशक्त रुपमा लाग्ने बताएका छन् ।

No description available.

नेपालगञ्ज उद्योग वाणिज्य संघद्धारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ढकालले भने– आधा शताब्दिभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको यो साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुनेछ ।

यसअघि गुलरिया शुक्रवार उद्योग वाणिज्य संघद्धारा आयोजित कार्यक्रमका सदस्यहरुले पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको प्रतिष्ठा गिर्दो अवस्थामा रहेको र स्थानीय स्तरमा यस महासंघका पदाधिकारी तथा प्रतिनिधिहरुलाई एकजना वडा सदस्यको जस्तो मान्यता पनि नदिनेगरेको गुनासो आएपछि ढकालले सो धारणा राखेका हुन् ।

No description available.

आसन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षका प्रत्यासी रहेका ढकालले भने– हो, म पनि दुई तीन वर्षयता देखि नै देशका प्राय सबै जिल्लामा पुगेको छु र सबै साथीहरुका समस्या र गुनासाहरु सुनेको छु, उहाँहरुको अनुभव पनि यही छ कि देशको निजी क्षेत्रको यो गरिमामय संस्थाको सम्मान र साख पहिलेको तुलनामा ह्रास हुँदै गएको छ, यसको प्रतिष्ठालाई माथि उठाउन केन्द्रीय पदाधिकारीहरुले नै उल्लेखनीय काम गर्नुपर्नेछ ।

No description available.

‘जबसम्म यो संस्थाको प्रतिष्ठा र सम्मान रहन्छ तबमात्र राज्य र यसका सम्बद्ध निकायहरुले पनि यस संस्थाका प्रतिनिधिहरुका समस्या र गुनासा सुन्नेछन्, हाम्रो नेगोसिएसन पावर बढ्नेछ र जसका कारण समग्र निजी क्षेत्रको प्रवद्र्धन भई देशको आर्थिक विकासमा टेवा पुग्नेछ’ ढकालले भने ।

No description available.

उनले भने– ‘मलाई पनि यस्तो लाग्छ कि पहिले नेपाल उद्योग वाणिज्य महासंघलाई नेपाल सरकार र सरकारका प्रतिनिधि, देशको समग्र कर्मचारीतन्त्र र मुलुकका राजनीतिक दलका नेताहरु समेतले पनि जुन एउटा इज्जतका साथ हेर्थे र हाम्रा धारणाहरुको सुनुवाई गर्थे अहिले त्यसमा पनि ह्रास आइरहेको मैले पाएको छु, अब हामीप्रतिको समग्र समाजको यो सोँच र व्यवहारमा आमूल परिवर्तन ल्याउनुपर्छ, निजी क्षेत्रका मागहरु सुन्न सकेमा मात्र देशको आर्थिक विकास हुन्छ र यसले मात्र राष्ट्रिय समृद्धि हासिल हुनसक्छ भन्ने वास्तविकता राज्यका समग्र निकायलाई बुझाउन सजिलो हुनेछ । त्यसैले पनि व्यापारी, व्यवसायीलाई कुनै अप्ठेरो पर्यो भने तथा हाम्रा समग्र व्यवसायिक हकहीतका विषयमा समस्या उत्पन्न भयो भने त्यस्तो अवस्थामा राज्य पक्षसँग नेगोसिएसन गर्ने र ती समस्याको तत्कालै समाधान निकाल्नका लागि अग्रसरता लिनसक्ने खालको नेतृत्व महासंघलाई आवश्यक छ, कतिपय हाम्रा अत्यावश्कताका तथा जायज मागहरुको पनि सुनुवाई नभएको अवस्था छ भने कैयौं मुद्धाहरुमा हामी ‘पोलिसी मेकिङ’का हिसाबले पनि सुनुवाईको उपेक्षामा परेका छौँ भन्दै ढकालले त्यसैले अबको नेतृत्व यी हाम्रा यावत व्यवसायिकक हकहितहरुलाई राज्यबाट सुनुवाई गराउन सक्ने सक्षम नेतृत्व अबको महासंघलाई चाहिएको हो भन्दै उनले आफू महासंघको वरिष्ठ उपाध्यक्षमा आएपछि यीनै विषयमा बहस र पैरवी चलाउने र काम गरेरै देखाउनेछु। मैले गएका केही वर्षयतादेखि तपाईँ व्यवसायीहरुका यस्तै गुनासा र समस्या सुनेर मुलुकको एक फेरो लगाइसकेको छु, म आफै पनि व्यावसायी भएकोले तपाईहरुका सानाभन्दा साना देखि ठूला उद्यम व्यवसायका सबै समस्याहरु थाहा छ, त्यसैले म नेतृत्वमा आएपछि यी सबै विषयमा बहस र पैरवी प्रारम्भ गर्नेछु र एक्सनमा नै जानेछु, यो तपाईहरुसँग मेरो बाचा नै हो । उपाध्यक्ष ढकालले भने– त्यसैले पनि महासंघमा काम गर्न र निजी क्षेत्रको यो गरिमामय साझा संस्थालाई अझ सक्रिय र सशक्त बनाउन अरुलाई भन्दा मलाई बढी सजिलो छ ।’

No description available.

 

उनको भनाई थियो– ‘मलाई व्यवसायीका रुपमा काम गरेको देखि देशैभरिका तपाई व्यवसायी साथीहरुका समस्या र गुनासाहरु सुनेको अनुभव छ, त्यसैले महासंघको नेतृत्वमा रहेर काम गर्न र यस संस्थालाई व्यवसायीमैत्री बनाउन अरुलाई भन्दा मलाई सजिलो छ भन्ने मलाई लाग्छ र धारणा मेरो मात्र नभएर देशैभरिका उद्योगी, व्यवसायी साथीयहरुको नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?