हैदराबादसँग ब्यांग्लोर ६ विकेटले पराजित, कोहलीको टीम लगातार ५ औँ हारपछि आईपीएलबाट बाहिरियो

काठमाडौं । आईपीएलको १३ औँ सीजनको एलिमिनेटरमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ६ विकेटले पराजित गरेको छ ।

यस हारका साथै ब्यांग्लोरको यो सीजनमा यात्रा टुंगिएको छ । हैदराबाद भने जितसँगै फाइनलमा जानबाट एक कदम टाढा रहेको छ ।

जसका लागि हैदराबादले ८ नोभेम्बरमा दिल्ली क्यापिटल्ससँग क्वालिफायर २ खेल्नेछ । टस हारेर ब्याटिङ गरेको ब्यांग्लोरले १३२ रनको टार्गेट दिएको थियो ।

जवाफमा हैदराबादले १९.४ ओभरमा ४ विकेटको क्षतिमा १३२ रन बनायो । केन विलियन्सले लीगमा आफ्नो १४ औँ अर्धशतक प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?