बाइडेनसँग मतान्तरमा पछि परेका ट्रम्पलाई शुरुवाती झट्का, रोकियो भाषणको लाइभ टेलिकास्ट

काठमाडौं । अमेरिकामा राष्ट्रपतिको चुनावको नतिजा तीन दिन भईसक्दा पनि आईसकेको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्प हार मान्न तयार छैनन् ।

उनी काउन्टिङ रोक्न माग गरिरहेका छन् । पेन्सिलवेनिया र जर्जियामा बाइडेनले उनलाई पछि पारेका छन् । अब डेमोक्रेट ४ र रिपब्लिकन १ राज्यमा मात्रै अगाडि छ । अहिलेसम्म बाइडेनले २५३ र ट्रम्पले २१४ इलेक्टोरल भोट ल्याएका छन् ।

यसैबीच चुनाव नतिजा बाहिरिएपछि राष्ट्रपति ट्रम्पले पहिलो पटक ह्वाइट हाउसमा बयान दिएका छन् । उनको बयान समेट्न मिडिया तैनाथ थिए । ट्रम्पले जब आफ्ना कुरा राख्न थाले तब, झुटो बाहेक केहि बोलेनन् ।

उनले भने, ‘चुनाव नतिजा मेरो पक्षमा थियो, तर म माथि धाँदली भयो, मबाट जित छिन्ने प्रयाश भईरहेको छ । लीगल भोट्स गनौँ मैले जित्छु, अहिलेसम्म ब्यालेट्स काउन्टिङ भईरहेको छ, सीक्रेट काउन्टिङ भईरहेको छ ।’

उनको यो झुटो भाषण भन्दै प्रमुख तीन च्यानल एसीबी, एनबीसी र सीबीएसले लाइभ टेलिकास्ट रोकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?