हैदराबादलाई ब्यांग्लोरको झिनो लक्ष्य

काठमाडौं । आईपीएलको १३ औँ सीजनको एलिमिनेटरमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्यांग्लोर भिडिरहेका छन् ।

हैदराबादले टस जितेर बलिङ रोजेसँगै ब्याटिङमा उत्रिएको ब्यांग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१ रन बनायो । ब्यांग्लोरका लागि कप्तान विराट कोहलीले ६, देवदत्त पडिक्कलले १, ऐरन फिञ्चले ३२, एबीडिभिलर्सले ५६ रनको योगदान दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?