पेन्सिलभेनियामा पनि बाइडेनको अग्रता

काठमाडौं । बाइडेन पेन्सिलभेनियामा पनि अग्रता बनाउन सफल भएका छन् । मतगणना भइरहेका पाँच राज्यमध्ये चारमा बाइडेन र एकमा ट्रम्पको अग्रता छ । यद्यपी, सबै राज्यमा प्रतिस्पर्धा कडा देखिएको छ ।

पछिल्लो परिणामअनुसार पेन्सिलभेनियामा ट्रम्पलाई बाइडेनले ५ हजार ५ सय ६१ म्तले पछि पारेका हुन् । जर्जियामा पनि बाइडेन सानोे मतान्तरले अघि छन् । पछिल्लो परिणामअनुसार यहाँ ट्रम्पलाई बाइडेनले १ हजार ९७ मतले पछि पारेका छन् ।

अहिलेसम्म मतगणना भइरहेका राज्यमध्ये एरिजोना र नेभादा पनि बाइडेन नै अघि छन् । ९० प्रतिशत मतगणना हुँदासम्म एरिजोनामा बाइडेन ४७ हजार मतले अघि छन् । त्यस्तै, नेभादामा ११ हजार मतले अघि छन् । उत्तरी क्यारोलिनामा ७६ हजार मतले ट्रम्प अघि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?