प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन ९७ हजार २०० मा कारोवार भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन बिहीबार ९५ हजार ७०० मा कारोवार भएकामा आज रु एक हजारले वृद्धि भई ९६ हजार ७०० मा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला ४५ ले वृद्धि भएको छ । बिहीवार प्रतितोला एक हजार २१० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २५५ मा कारोवार भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?