काठमाडौं । मैत्रिपूर्ण खेलका लागि बिहीबार बंगलादेश प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिन क्वारेन्टाइन बसेको होटलमा नै सामान्य अभ्यास गरेको छ । बंगलादेशसँग दुई मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडेको थियो ।
बंगलादेशको ढाकामा रहेको छ । एक साता क्वारेन्टाइन बसाई पछि टोलीले दुई मैत्रिपूर्ण खेल खेल्ने छ । बिहीबार नै ढाका पुगेको नेपाली टोलीले स्वास्थ मापदण्ड अनुसार क्वारेन्टाइन बसाईमा शुक्रबार सामान्य अभ्यास गरेको हो । यस अघि होटेलमा रहेको नेपाली टोलीको पीसीआर परीक्षण गरिएको थियो ।
अहिले सम्म नतिजा अझैं आएको छैन । पिसिआर परिक्षणको नतिजा आएपछि नेपाली टिमले मैदानमा स्वास्थ्य मापदण्ड पालना गरेर अभ्यास शुरु गर्ने तालिका रहेको छ । रिपोर्ट आउनु पूर्व टोलीले शुक्रबार क्वारेन्टाइन बसेको होटलमा नै सामान्य अभ्यास गरेको हो । होटलको छतलाई खेलाडीले सामान्य अभ्यास गर्ने स्थल बनाएका छन् । यस सँगै नेपाली खेलाडी मैदान उत्रिन कतिको आतुर छन भन्ने प्रस्टाएको छ ।
पाँच दिनको होटेल आइसोलेसनपछि अभ्यासमा फर्किने भनिए पनि टोली तीन दिन पछि नै प्रशिक्षण गर्ने तालिका अगाडि सरेको छ । कोरोना भाईरसको महामारीबीच नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते उसैको मैदानमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । मैत्रिपूर्ण खेलका लागि २५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम बिहीबार ढाका प्रस्थान गरेको हो ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रिपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको छ । बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ । नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजा विहिन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया