प्रदेशसभा सदस्य वाग्लेद्वारा आर्थिक सहयोग

काठमाडौं । बागमती प्रदेशसभा सदस्य गीता वाग्लेले आफूले पाउने दशैं भत्तामा एक महिनाको पारिश्रमिक थप गरी एक विद्यार्थीलाई प्राबिधिक विषय अध्ययन गराउन सहयोग गरेकी छिन् ।

उनले गोरखा घर भई नारायणगढमा बसोवास गर्ने हर्षिता ढकाललाई चितवन मेडिकल कलेजमा रेडियोग्राफि विषय अध्ययनका आर्थिक सहयोग गरेकी हुन् ।

प्रदेशसभा सदस्य वाग्लेले आज कलेज पुगेर ढकालको भर्ना वापत रु १ लाख भुक्तान गरिदिएकी हुन्। नेपाली कांग्रेसले दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएको भए पनि आफूले तलब समेत थप गरी जेहेन्दार छात्रा ढकाललाई प्राबिधिक शिक्षा अध्ययन गर्न सहयोग गर्न लागेको जानकारी दिइन् ।

प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) को तीन वर्षे कार्यक्रम रेडियोग्राफि रहेको छ । समाजसेवी समेत रहेका वाग्लेले गत वर्ष मनहरीमा ओम शान्तिले निर्माण गरेको आमा घरमा दुई महिनाको तलब तथा रामपुरमा निर्माण हुँदै गरेको गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई १ लाख प्रदान गरेकी थिइन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?