सातामा शेयरबजारसँगै अधिकांश सूचकमा गिरावट, ५ दिनमै लगानीकर्ताले ६ अर्ब भन्दा धेरै गुमाए

काठमाडौं । विगतका साताहरुमा उत्साहित देखिएको शेयर बजार यस साता भने निराशजनक देखियो । साताको ५ दिन नै कारोबार भएको शेयरबजार एक दिन बढेको थियो भने बाँकि ४ दिन घटेको थियो ।

सातामा ४ दिन घटेको बजारमा परिसूचक ९.५९ अंकले घटेको छ । यस साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १६३६.०९ अंकको विन्दुमा यस साताका लागी बजार बन्द भएको छ ।

साताभरको अवधिमा कूल १ लाख ६१ हजार ७० पटकको कारोबारमा ४ करोड ७६ हजार ८ सय २१ कित्ता शेयरको खरिदबिक्रि हुँदा १२ अर्ब २२ करोड २७ लाख ८७ हजार ३ सय ४८ रुपैयाँ १४ पैसा बराबरको कारोबार भएको छ ।

यस साताको बजार पूँजीकरण पनि ६ अर्ब ३३ करोड ८५ लाख ८२ हजार ७ सय ५२ रुपैयाँले घटेको छ ।

साताको अन्तिम कारोबार दिन बजार बन्द हुँदा बजार पूँजीकरण २१ खर्ब ९२ अर्ब ३४ करोड ५६ लाख १९ हजार ५ सय ७० रुपैयाँ ५ पैसा कायम भएको छ । गतसाताको अन्तिम कारोबार दिन नेप्सेको बजार पूँजीकरण २१ खर्ब ९२ अर्ब ३४ करोड ५६ लाख १९ हजार ५ सय ७० रुपैयाँ ५ पैसा कायम भएको थियो ।

कस्तो थियो यस साताको ५ कारोबार दिन ?

आईतवार

आइतवार शेयरबजारमा ४.२७ अंकको करेक्शन देखिएको थियो । घटेको बजारमा जलविद्युत समूहको परिसूचक भने करिब २ प्रतिशतले बढेको थियो । आइतबार १९६ कम्पनीको ३७ हजार ५ सय ९४ पटककको कारोबारमा १ करोड ६ लाख २६ हजार ५ सय १४ कित्ता शेयरको खरिदबिक्रि हुँदा २ अर्ब ९३ करोड ९ लाख ३९ हजार ६ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको थियो । घटेको बजारमा पनि ६ वटा कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेका थिए । जसमा ३ कम्पनीको मूल्यमा १० प्रतिशतको सर्किट बे्रक लागेको थियो । नेपाल फाइनेन्स लिमिटेड, हिमालयन विकास उर्जा कम्पनी लिमिटेड र विशाल बजार कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेका थिए । आइतवार सानीमा इक्वीटी फन्डको मूल्य सर्वाधिक ५.३० प्रतिशतले घटेको भने स्टान्र्डर चार्टड बैंक र जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य २० रुपैयाँभन्दा धेरैले घटेको थियो ।

सोमवार

सोमवार पनि शेयरबजार परिसूचक नेप्से ३.३३ अंकले ओरालो लागेको थियो । सोमवारको शेयर बजार परिसूचक नेप्से १६३७.६३ अंकको विन्दु्मा बन्द भएको थियो । ०.२० प्रतिशतले घटेको बजारमा ४ कम्पनीको शेयरमूल्यमा भने सर्र्किट ब्रेक लागेको थियो । जसमा विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक १ सय ९३ रुपैयाँले कमाएका थिए । त्यस्तै जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक ३.१४ प्रतिशतले गुमाएका थिए । कारोबार रकममा सोमवार पनि बैकिङ समूहकै सर्वाधिक कारोबार भएको थियो । सोमबार १९७ कम्पनीको ३४ हजार ४ सय ५३ पटकको कारोबारमा ६९ लाख ३७ हजार ४ सय ५४ कित्ता शेयरको खरिदबिक्रिहुँदा २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको थियो । सोमवारको कारोबार पश्चात नेप्सेको बजार पूँजीकरण २१ खर्ब ९० अर्ब ९९ करोड १२ लाख ७० हजार ३३ रुपैयाँ ५ पैसा कायम भएको थियो ।

मंगलवार

लगातार तीन कारोबारदिन घटेको बजार मंगलवार भने ५.४० अंकले बढेको थियो । मंगलवार शेयरबजार परिसूचक नेप्से बढेर १६४३.०४ अंकको विन्दुमा बजार बन्द भएको थियो । ०.३३ प्रतिशतले बढेको बजारमा बैंकिङ र विकास बैंक समूहको परिसूचक बाहेक अन्य सबै समूहको परिसूचक बढेका थिए । मंगलवारको बजारमा पुन विशाल बजार कम्पनी लिमिटेडको शेयर मूल्यमा पोजिटिभ बे्रक लागेको थियो । मंगलवार ४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको थियो । यस बाहेक राष्ट्रिय बिमा कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक १ हजार २ रुपैयाँले कमाएका थिए । मंगलवार महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक २.५५ प्रतिशतले गुमाएका थिए । रकमका आधारमा सामुदायीक लद्युवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक १९ रुपैयाँले गुमाएका थिए ।
मंगलवार १ सय ९८ कम्पनीको २९ हजार ६ सय ६ पटकको कारोबारमा ७७ लाख ५७ हजार ३ सय ५३ कित्ता शेयरको खरिदबिक्रि हुँदा २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५ सय ७२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधवार

बुधवार शेयर बजार सामान्य २.३९ अंकले घटेको थियो । बुधवार घटेको बजार १६४०.६४ अंकको विन्दुमा बन्द भएको थियो । १२ वटा समूहको परिसूचक मध्ये ७ वटा समूहको परिसूचक घट्दा ५ वटा समूहको परिसूचक भने बढेको थियो । बुधवार पनि विशाल बजार कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । त्यस्तै बुधवारबाट कारोबार शुरु भएको सानिमा जनरल इन्स्योरेन्सको शेयर मूल्य पनि ९.९७ प्रतिशतले बढेको थियो । त्यस्तै केहि दिनदेखि लगातार सर्किट लागीरहेको शिव श्रि हाइड्रोपावर बुधवार सर्वाधिक ५.१७ प्रतिशतले घटेको थियो । त्यस्तै राष्ट्रिय बिमा कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक ३ सय ५० रुपैयाँले गुमाएका थिए । बुधवार २०२ कम्पनीको २४ हजार ८२ पटकको कारोबारमा ५६ लाख ३१ हजार ६ सय ४ कित्ता शेयरको खरिदबिक्रि हुँदा १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९ सय ४ रुपैयाँ ६४ पैसा बराबरको कारोबार भएको थियो ।

बिहीवार

बिहीवार शेयरबजार परिसूचक नेप्से ४.५५ अंकले ओरालो लागेको थियो । ०.२८ प्रतिशतले घटेको बजारमा नेप्से यस साताका लागी १६३६.०९ अंकमा बन्द भएको थियो । समूहगत परिसूचकमध्ये बिहीवार ४ वटा समूहको परिसूचक बढ्दा बाँकि ८ समूहको परिसूचक घटेको थियो । जसमा ट्रेडिङ समूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशतले घटेको थियो भने बाँकि सबै समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटबढ भएको थियो । घटेको बजारमा ४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको थियो भने निरन्तर बढिरहेको विशाल बजार कम्पनी र शिव श्रि हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक ८.५० र ७.८८ प्रतिशतले घटेको थियो । बिहीवार २०० कम्पनीको ३५ हजार ३ सय ३५ पटकको कारोबारमा ९१ लाख २३ हजार ८ सय ९६ कित्ता शेयरको खरिदबिक्रि हुँदा २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १ सय ७६ रुपैयाँ ५३ पैसा बराबरको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?