रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले राजीनामा दिँदै

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले राजीनामा दिन सक्ने खबर बाहिरिएको छ । रुसका राष्ट्रपति पुटीनले २०२१ को जनवरीमा राजीनामा दिन सक्नेछन् । तर यसउ कुराको आधिकारीक पुष्टि भईसकेको छैन ।

उनलाई पार्किसन्सको समस्या रहेको बताइएको छ । यसका कारण नै उनले राजीनामा दिने बताइएको छ ।

यो रोगका कारण उनको कामकारवाहीमा असर परेको बताइएको छ । द डेली मेलका अनुसार ३७ वर्षीय प्रेमीका अलीना काबेवा र उनकी दुई छोरीहरु पार्किसन्सका कारण उनलाई पद छोड्न सल्लाह दिइरहेका छन् ।

यसको जाकारी मस्कोका राजनीतिक वैज्ञानिक वलेरी सोलोवीले दिएको बताइएको छ ।

राष्ट्रपति पुटीनले हालमै एक अन्तर्राष्ट्रिय मीटिङ आफ्नो रोगको फोटो देखाएका थिए । उनी १९९९ मा बोरिश येल्तसिन पछि रुसका प्रधानमन्त्री बनेका थिए ।

उनी दुई पटक राष्ट्रपति पछि एक पटक प्रधानमन्त्री बनेर फेरि राष्ट्रपति बनेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?