बाइडेनलाई ५६ र ट्रम्पलाई ४३ प्रतिशत महिलाको भोट, अश्वेतको भोट कसलाई धेरै ?

काठमाडौं । अमेरिकामा राष्ट्रपतिको लागि भईरहेको मत गणनाको नतिजा केहि क्लियर भईसकेको छ ।

डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेन २७० इलेक्टोरल भोटको नजिक छन् । बाइडेनले हालसम्म २५३ र राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोलर भोट पाएका छन् ।

उमेर, लिङ्ग र एजुकेशको आधरमा भन्नुपर्दा पुरुषमा ४८ प्रतिशत भोट बाइडेनको पक्षमा छ भने ४९ प्रतिशत भोट ट्रम्पको पक्षमा छ ।

त्यस्तै महिलामा ५६ प्रतिशत बाइडेनको पक्षमा छ भने ४३ प्रतिशत भोट ट्रम्पको पक्षमा छ । त्यस्तै वर्गको आधारमा श्वेतमा ४२ प्रतिशत भोट बाइडेनको पक्षमा छ भने ५६ प्रतिशत भोट ट्रम्पको पक्षमा छ ।

त्यस्तै अश्वेतमा ८७ प्रतिशत भोट बाइडेनको पक्षमा छ भने १२ प्रतिशत भोट ट्रम्पको पक्षमा छ ।

हिस्पेनिक र लेटिनोमा ६५ प्रतिशत भोट बाइडेनको पक्षमा र ३२ प्रतिशत भोट ट्रम्पको पक्षमा छ । त्यस्तै एशियनमा ६३ प्रतिशत भोट बाइडेनको र ३१ प्रतिशत भोट ट्रम्पको पक्षमा छ ।

त्यस्तै अन्यमा ५८ प्रतिशत बाइडेन र ४० प्रतिशत ट्रम्पको पक्षमा भोट रहेको छ ।

उमेरको आधारमा १८ देखि २९ वर्षसम्मकाको भोट ६१ प्रतिशत बाइडेनको पक्षमा र ३५ प्रतिशत ट्रम्पको पक्षमा छ ।

त्यस्तै ३० ४४ मा ५२ बाइडेन र ४५ ट्रम्पको पक्षमा छ । त्यस्तै ४५ ६४ मा ५० बाइडेन र ४९ ट्रम्पको पक्षमा छ । त्यस्तै ६५ भन्द्या माथिका ४८ प्रतिशतले बाइडेनलाई र ५० प्रतिशतले ट्रम्पलाई भोट गरेका छन् ।

त्यस्तै शिक्षाको आधारमा कलेज ग्रेजुएटमा ५५ प्रतिशतले बाइडेन र ४३ ले ट्रम्पलाई भोट गरेका छन् भने कलेज डिग्री नभएकाहरुमा ४९ प्रतिशतले बाइडेन र ४९ ले ट्रम्पलाई भोट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?