काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक सचिवालय बैठक बोलाएका छन् ।
नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष प्रचण्डले बैठक डाकेका हुन् ।
आज (शुक्रवार) दिउँसो तीन बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकपथलाई जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले दिएको जानकारी अनुसार पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न अध्यक्ष प्रचण्डले बैठक बोलाएको बुझिएको छ ।
हिजो (बिहीवार) नेकपा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न प्रचण्ड बालुवाटार पुगेका थिए । तर अध्यक्षद्वयबीचको छलफल सकारात्मक हुन सकेन ।
प्रचण्डले पार्टी भित्र देखिएको समस्या समाधान गर्न सचिवालय बैठक बोलाएर छलफल गर्ने अडान राख्दै आइरहेका छन् तर ओलीले भने एजेण्डाबिनाको सचिवालय बैठक किन डाक्ने ? भनी प्रतिप्रश्न गर्दै आईरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया