चुनावी लडाई : ट्रम्प-‘लिगल भोट गनौँ, मैले जित्छु’, बाइडेन-ह्यारिसको यस्तो जवाफ

काठमाडौं । अमेरिकामा राष्ट्रपतिको चुनावका लागि भईरहेको मतगणनाको नतिजा हालसम्म आईसकेको छैन ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि प्रेस मन्फ्रेन्स गरेर चुनावमा धाँदली भएको आरोप लगाएका छन् ।

उनले यदि लिगल भोट मात्रै गनेमा आफूले सहजै जित्ने बताएका हुन् । उनले भने, दि लीगल भोट मात्रै गनेमा म सहजै जित्नेछु, तर यहाँ इलिगल भोट काउन्ट भईरेको छ ।

उनले प्रेस कन्फ्रेन्समा आफूसँग त्यसको प्रमाण रहेको समेत बताएका छन् ।

उनले भने, ‘हामीलाई लाग्छ, म चुनाव सहजै जित्नेछु, हामीसँग धेरै प्रमाण छ, हामी कोर्टमा लडाईंको लागि जानेछौँ, मलाई लाग्छ कि, अमेरिकी इतिहासमा नै यति ठूलो संख्यामा भोटको चोरी भएको थिएन ।’

उनले भने, ‘कुनै राज्यमा मैले जितको दाबी गरेको छु भने, कुनैमा बाइडेनले, तर अब कोर्टले नै कसले जित्यो भनेर फैसला गर्नेछ, जसरी घोटाला भईरहेको छ, त्यो यो देशमा हुनुहुन्थेन ।’

यसको जवाफमा अर्का राष्ट्रपतिका उम्मेद्वार जो बाइडेन र उपराष्ट्रपतिकी उम्मेद्वार कमला ह्यारिसले भोटमा विश्वास रहेको भन्दै ट्वीट गरेका छन् ।

उनीहरुले भनेका छन्, ‘हामीले लामो समयदेखि यो लडाईंमा भरोसा गरेका थियौँ, नागरिकले इलेक्शन डे भन्दा पहिला मतदान गरेका छन्, तर अब डोनाल्ड ट्रम्प भोटको गणना रोक्न चाहान्छन्, हामीले फाइटब्याक गर्नुपर्नेछ, यसको बाहेर डेमोक्रेट्स पार्टीले कानूनी लडाईंको लागि फन्डिङ मागिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?