कोरोनाले रुने मौका नदिएको भन्दै मेक्सिकोमा रुने प्रतियोगिता सञ्चालन

काठमाडौं । उत्तर अमेरिकी देश मेक्सिकोमा हरेक सालको नोभेम्बर १ मा मृत दिवस ( द डे अफ दी डेड) मनाइन्छ ।

यस दिन मानिसहरु आफ्ना पूर्वजहरुको शव राखिएको स्थानमा जान्छन्, उनीहरुलाई मनपर्ने कुराले सजाउँछन्, रुन्छन् र सामूहिक रुपमा उत्सव पनि मनाउँछन् । तर यस वर्ष भनेसबै चिहान बन्द छन् ।

साथै सार्वजनिक उत्सवमा प्रतिबन्ध लगाइएको छ । त्यसैले उनीहरु आफ्नो मन हल्का गर्न पाएनन् ।

उनीहरुले आफ्ना मृत पुर्खाहरुको मृत्युको उत्सव मनाउन पाएनन् । तर सैन जुआन डेल रियो शहरले हरेक वर्ष रुने प्रतिष्पर्धा गर्दछ । यस वर्ष पनि कार्यक्रम जारी छ ।

यस वर्ष भर्चुअल पर्फमेन्स भयो । ईमेलबाट २ मिनेटको भिडियो पठाउन लगाइयो ।

रुने प्रतियोगिताको पहिलो अवार्ड क्यालिफोर्नियाकी प्रिन्सेसा क्याटलीना चावेजले जितिन् । पेशाले अभिनेत्री कहिल्यै रोएकी थिइनन्, तर यस वर्ष उनी धेरै रोइन् ।

उनले भनिन्, ‘मलाई कोरोनाले यस वर्ष धेरै रुवायो ।’

उनले एक अन्जान चिहानमा गएर भिडियो बनाइन् । उनले यसका लागि अनुमति पनि लिइन् । उनले सबैको मन जितिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?