आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा रिलायन्स लाइफको अधिकांश सूचक सकारात्मक

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा कम्पनीको अधिकांश सूचकहरु सकारात्मक देखिएको छ ।

कम्पनीले गत वर्षको पहिलो त्रैमासमा १ करोड ८५ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस वर्ष ३ करोड ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६२ दशमलव ४३ प्रतिशतले बढि हो ।

यसैगरी, पहिलो त्रैमासमा कम्पनीले ४६ करोड ५२ लाख ३० हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेको छ भने गत वर्षको यही अवधीमा कम्पनीले २४ करोड २३ लाख ३७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । उक्त रकम गत आर्थिक वर्षको तुलनामा ९१ दशमलव ९७ प्रतिशतले धेरै हो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ र जगेडा कोषमा १७ करोड ३० लाख १३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७३ पैसा र प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, कम्पनीको जीवन बिमा कोषको आकार पनि १४६ दशमलव ९१ प्रतिशतले बढेर १ अर्ब ३९ करोड ५६ लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधीमा कम्पनीको जीवन बिमा कोषमा ५६ करोड ५२ लाख ४१ हजार रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?