सुनको मूल्यमा एकैदिन एक हजार रुपैयाँको वृद्धि, कस्तो छ शुक्रवार सुनचाँदीको बजार ?

काठमाडौं । शुक्रवार एकैदिन सुन तोलामा १ हजार रुपैयाँले बढेको छ । बिहीवार १ सय रुपैयाँले घटेर ९६ हजार २ सयमा कारोबार भएको सुन, शुक्रवार ९७ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलाको १ हजार रुपैयाँले बढेर शुक्रवार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस साताको अन्तिम कारोबार दिन शुक्रवार चाँदी पनि एकै पटक ४५ रुपैयाँले उकालो लागेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?