नजिकियो तिहार : माटाको भाँडा बनाउन व्यस्त भक्तपुरका प्रजापति समुदाय (फोटोफिचर)

काठमाडौं । दशैँ सकिएलगत्तै उज्यालो पर्व तिहार नजिकिँदै छ । तिहारलाई ‘दिपावली’ पनि भनिन्छ । त्यो यसकारण कि यस पर्वमा घर, मन्दिर, चोक, चौतारी सबैलाई दिप बालेर सिँगारिन्छ । चारैतिर उज्यालो र उमङ्ग छरिन्छ । माटाको पालामा दियो बालेर होस् या मैनबत्ती बालेर या त झिलिमिली बत्तीको प्रयोग गरेर घर, आँगन उज्याला बनाइन्छन् ।

कोरोना कहरकाबीच तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदायलाई दियो र माटाका भाँडा बनाउने चटारो छ ।

हुन त यो समुदायको पेशा नै माटाको भाँडा बनाउने हो । त्यसैले उनीहरु सधै यही काममा लागिरहन्छन् तर अन्य समयको तुलनामा दशैं र तिहारमा दियो बढी खपत हुने भएकाले उनीहरु दियो बनाउन व्यस्त छन् अहिले ।

तिहारको विशेष रौनक भनेकै तिहारमा बालिने झिलिमिली बत्त्ती हो । मैनबत्त्ती र विद्युतीय बत्त्तीको खपत बढे पनि लक्ष्मीपूजाका दिन परम्परागत हिसाबले बालिने दियोको महत्त्व विशेष छ ।

भक्तपुरमा दियो बनाउनेहरुको प्रजापति समुदायको व्यस्तता २० तस्वीरमा : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?