शुक्रवार डलर घट्दा अन्य मुद्राको भाउमा वृद्धि, कस्तो छ आजको विनिमयदर ?

काठमाडौं । नेपाली बजारमा शुक्रवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको छ । यस्तै बिहीवार १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ०१ पैसा र बिक्रीदर १४० रुपैयाँ ७२ पैसा तोकेको छ । बिहीवार १ यूरोपियन यूरोको खरिददर १३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९५ पैसामा कारोबार भएको थियो ।

शुक्रवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५४ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ । एक कारोबार दिन अगाडि बिहीवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९० रुपैयाँ १७ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१६ रुपैयाँ ४५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?