काठमाडौं । युरोपा लिग फुटबलमा टोटेनहमले सहज जित हात पारेको छ ।
बिहीवार राति भएको समूह चरण अन्तर्गतको खेलमा टोटेनहमले बुल्गेरियाको लुडोगोरेट्सलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

ह्यारी केनले १३ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा लुकास मौराले गोल गर्दा टोटेनहमको अग्रता दोब्बर बन्यो ।
खेलको ५० औं मिनेटमा लुडोगोरेट्सका क्लाउडियो केसेरुले गोल गर्दै खेल २-१ मा ल्याए । खेलको ६२ औं मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै टोटेनहमलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै टोटेनहम समूह जे को शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो जित निकालेको टोटेनहमले ३ खेलमा ६ अंक जोडेको छ ।
अंक विहीन लुडोगोरेट्स तालिकाको पुछारमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया