बाइडेन भन्छन्-‘कुनै बेला राजनीति फोहोरी बन्न सक्छ, धैर्य राख्नुहोस्, अन्तिममा जित हाम्रै हो’

काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनाव कसले जित्छ ? जो बाइडेन वा डोनाल्ड ट्रम्प ? हालसम्म यसको कुनै नतिजा आईसकेको छैन ।

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा जो बाइडेन अगाडि रहेको देख्न सकिन्छ । उनले ट्रम्पबाट मिशिगन र विस्कोन्सिन आफ्नो पक्षमा लिएका छन् ।

यो भन्दा पहिला ति दुबै राज्यमा ट्रम्प विजयी भएका थिए । बाइडेनले २५३ र ट्रम्पले २१४ इलेक्टोरल भोट पाएका छन् ।

डेलावेयरको विलमिंग्टनमा बाइडेनले राजनीति कहिलेकाँही फोहोरी हुन सक्ने बताएका छन् । उनले भने, ‘राजनीति भनेको कहिलेकाँही फोहोरी बन्न सक्छ, भोट काउन्टिङ नसकिउन्जेल धैर्य गर्नुहोस्, हामीले जित्नेछौँ ।’

त्यस्तै राष्ट्रपति ट्रम्पले भने सामाजिक सञ्जाल ट्वीटरमार्फत् भोट काउन्टिङ रोक्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?