मिचिगनबाट जो बाइडेनलाई विजेता घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपतिको अन्तिम चुनाव मतपरिणाम हालसम्म निस्किएको छैन । केहि राज्यमा चुनाव प्रक्रियालाई लिएर कोर्ट गएका ट्रम्प खेमालाई मिचिगन र जर्जियामा निराशा हात लागेको छ ।

अमेरिकी अदालतले चुनाव सम्बन्धी धाँदली भएको भन्दै ट्रम्प प्रशासनले दर्ता गरेको मुद्धा खारेज गरिदिएको छ ।

मिचिगनमा ट्रम्प क्याम्पेनको तर्फबाट अनुपस्थित मतपत्रको गणना रोक्न माग गरिएको थियो । तर जर्जियामा भने अनुचित मतपत्र पनि गणना गरिएको आरोप लगाईएको थियो । तर मिचिगन कोर्ट अफ क्लेम्सका न्यायाधीश सिन्थिया स्टीफेन्सले बिहीवार मुद्धा खारेज गरिदिएका हुन् ।

जसमा मिचिगन राज्य सचिव स्थानीय गणना प्रक्रियामा सामेल नभएको बताइएको छ । यसलाई लिएर औपचारिक आदेश जारी गरिनेछ ।

स्थानीय मिडिया रिपोर्टमा मिचिगनबाट डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेद्वार जो बाइडेनलाई विजेता घोषणा गरिएको छ ।

त्यस्तै जर्जियामा न्यायाधीश जेम्स एफ बासले ट्रम्प क्याम्पेनको तर्फबाट दर्ता गरिएको मुद्दा खारेज गरेका छन् ।

ट्रम्प क्याम्पेनको तर्फबाट पेन्सिल्भेनिया र नेवादामा पनि मुद्दा दर्ता गरिएको छ । त्यो बाहेक विस्कोन्सिनमा भोटको रिकाउन्टिङको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?