काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनाव कसले जित्नेछ ? जो बाइडेन वा डोनाल्ड ट्रम्प ? यसको जवाफ सम्भवतः आज रातीसम्म मिल्नेछ ।
बाजी बाइडेनले लगभग मारीसकेका छन् । उनले ट्रम्पबाट मिचिगन र विस्कोन्सिस छिनेका छन् । २०१६ मा त्यहाँ ट्रम्पले बाजी मारेका थिए ।
उक्त जीतपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीट गरेका छन् । उनले काउन्टिङ रोक्न आग्रह गरेका छन् ।
यसैबीच अमेरिकाका केहि शहरमा ट्रम्प समर्थक र बिरोधीहरुबीच हिंस्रक प्रदर्शन भएको छ । अहिलेसम्म ६० जनालाई गिरफ्तार गरिएको छ ।
अहिलेसम्म ट्रम्पले २१४ इलेक्टोरल भोट प्राप्त गरेका छन् भने बाइडेनले २६४ इलेक्टोरल भोट पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया