१३ चैत्र २०७९, सोमवार

अग्रज पत्रकार पराजुलीको निधन

२०७४,आश्विन,१२,बिहीवार १५:१९

0
Shares

 पोखरा, १२ असोज – नेपाल पत्रकार महासंघ कास्कीका सदस्य कृष्णप्रसाद पराजुलीको आज असामयिक निधन भएको छ ।विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएका ५४ वर्षीय पराजुलीको पोखरा लेखनाथ महानगरपालिका–८ सिमलचौरस्थित आप्mनै निवासमा निधन भएको हो ।जण्डिस रोगका कारण कलेजो र फोक्सोको समस्याले ग्रसित हुनुभएका पराजुली केही दिनअघि काठमाडौँबाट उपचार गरी घरमै आराम गरिरहनुभएको थियो ।पत्रकार पराजुलीको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।जनशत्ता पत्रिकाबाट पत्रकारिताको शुरुवात गर्नुभएका पराजुलीले कमाण्डर, हिमदूत, कास्की अभियान, पोख्रेली अभियान दैनिकलगायतका पत्रपत्रिकामा काम गर्नुभएको थियो ।प्रेस युनियनका केन्द्रीय पार्षदसमेत रहनुभएका उहाँका दुई श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । पराजुलीको आजै सेतीनदीस्थित तुल्सिघाटमा अन्त्यष्टि गरियो ।

प्रकाशित मिति: २०७४,आश्विन,१२,बिहीवार १५:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६