पोखरा । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज कास्की निर्वाचन क्षेत्र नं २ मा सञ्चालित विभिन्न बिकास आयोजनाको निरीक्षण गरेकी छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा संघीय, प्रदेश तथा स्थानीय सरकारबाट सञ्चालित आयोजनाको अनुगमन गरेकी हुन् ।
अनुगमनका क्रममा भट्टराईले कोरोनाको महामारीले देश आक्रान्त भैरहेको अवस्थामा सुरक्षित रहदै विकास निर्माण अघि बढाउनुपर्ने चूनौती देखिएको उल्लेख गर्दै उनले सम्पूर्णलाई स्वास्थ्य सतर्कतालाई विशेष प्राथमिकता दिएर कार्यक्षेत्रमा खटिन आग्रह गरन्। उनले भनिन्, “प्रतिकुल अवस्था छ, स्वास्थ्य सतर्कतामा कत्ति पनि लापरवाही नगर्नु ।” स्वास्थ्य मापदण्ड अवलम्बन गरेर योजना निर्माण कार्यमा लाग्न उनले आग्रह गरिन्।
सांसद भट्टराईले पोखरा महानगरपालिका वडा नं १६ र २० मा संघीय सरकारद्वारा सञ्चालित आयोजना, मातृशिशु अस्पताल हुँदै भलाम जोड्ने सडक, बृहत भलाम खानेपानी आयोजना, हरिहर गुफा वृहत्तर विकास योजना र देवीडाँडा मालिकमार्ग देउराली सडकको अवलोकन गरेकी थिइन् । उनको साथमा स्थानीय वडा अध्यक्ष, जनप्रतिनीधि र स्थानीय सरोकारवाला उपभोक्ताको उपस्थिति रहेको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया