काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावमा जीत तर्फ उन्मुख देखिएका डेमोक्रेटिक उम्मेद्वार जो बाइडेन आफूले जित्नेमा विश्वस्त छन् ।

जो बाइडेन यस भन्दा पहिला पनि दुई पटक अमेरिकी राष्ट्रपतिको लागि चुनाव लडेका थिए । तर एक पटक यस्तो पनि थियो कि, उनी आफू नभएर आफ्ना ठूला छोरालाई राष्ट्रपति पदमा बसेको हेर्न चाहान्थे । उनका दुई छोरा छन् ।

जोसेफ ब्यू बाइडेन र हन्टर बाइडेन । जोसेफ उनको ठूला छोरा हुन् । २०१५ मा जोसेफको ब्रेन क्यान्सरका कारण निधन भएको थियो ।

उनी मात्र ४६ वर्षका थिए । उनले पनि आफ्ना पिताको पदचाप पच्छ्याउँदै राजनीतिमा लागेका थिए । उनी २००७ देखि २०१५ सम्म यूएस स्टेट अफ डेलबोयरका ४४ औँ एन्टोनी जनरल थिए ।

जो बाइडेन उनका जेठो छोरा नै अमेरिकाको राष्ट्रपति पदमा बसेको देख्न चाहान्थे । जोसेफ ब्यू २००८ र २०१२ मा पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको क्याम्पेनमा महत्वपूर्ण सदस्यमध्येका एक थिए ।

२०१५ मा उनको ब्रेन क्यानसको कारण निधन भयो । उनको मृत्यु भन्दा पहिला पनि बाइडेन आनदानमा एक ठूलो दुर्घटना भएको थियो ।

१९७२ मा जो बाइडेनका पहिलो श्रीमत िनिएला हन्टर र छोरीले नेओमीको कार दुर्घटनामा मृत्यु भएकी थिइन् ।

उनले दोश्रो विवाह त्यसको केहि वर्ष पछि गरेका थिए । जसबाट एक छोरी एश्ले बाइडेनको जन्म भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया