स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्ष सन्तोष मैनालीलाई बनाउने सर्वसहमति

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्ष सन्तोष मैनालीलाई बनाउने सर्वसहमति भएको छ ।

बिहीबार निर्वाचन कार्यक्रम तोकिए तापनि स्टक ब्रोकरहरुले एसोसिएसनको नयाँ कार्यसमितिका निम्ति सर्वसहमति जुटाएपछि सन्तोष मैनाली स्टक ब्रोकर्स एसोसिएसनका नयाँ अध्यक्ष हुने भएका हुन् ।

स्टक ब्रोकर्स एसोसिएसनको नयाँ कार्यसमितिका अध्यक्ष सन्तोष मैनाली स्टक ब्रोकर नम्बर ३६, सेक्युर्ड सेक्युरिटीजका सञ्चालक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?