काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको तेस्रो खेलमा आज (बिहीवार) प्रिमियर लिग क्लब आर्सनलले समूह चरणको तेस्रो खेलमा नर्वेको मोल्डे एफकेसँग भिड्ने छ ।
समूह बी मा रहेको आर्सनलले घरेलु मैदानमा मोल्डेसँग भिड्ने छ । घरेलु मैदानमा आर्सनल लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । आर्सनल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अघिल्ला दुई खेल जितेको मोल्डे पनि ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
युरोपा लिगमा आज १२ समूहका विभिन्न २४ खेलहरु हुने छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया