राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण मंसिर दोस्रो साताबाट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण मंसिर दोस्रो साताबाट शुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर दोस्रो साताबाट क्रिकेट टिमको प्रशिक्षण शुरु गर्ने भएको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रशिक्षणको अनुमति दिएपछि क्यान प्रशिक्षणको तयारी थालेको छ । कोरोना भाईरसको महामारीको कारण करिब ८ महिनाबाट क्रिकेट टिमका खेलाडीले अभ्यास गर्न पाएका छैनन् ।

क्यानले प्रशिक्षणका लागि २४ भन्दा बढी खेलाडी बोलाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?