कस्ले राजिनामा माग्यो भन्दै ओलीसँग जंगिए प्रचण्ड !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीचको भेटघाटमा राजिनामाको विषय फेरि उप्किएको छ ।

पछिल्ला केहिदिनमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राजिनामा दिनको लागि पार्टी भित्रैबाट दवाव आएपनि आफूले राजिनामा नदिने बताउँदै आएका छन् ।

बुधवार एक कार्यक्रममा बोल्दै ओलीले आफूले राजिनामा दिएमा देश बर्बादीतिर जाने बताएका थिए । भने आज बसेको मन्त्रिपरिषद् बैठकमा समेत पार्टी र सरकार घेराबन्दीमा परेका कारण काम गर्न नसकेको बताएका थिए ।

पार्टी विवाद चुलिएका बेला ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटघाट भएको थियो । भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले आफूहरुले राजिनामा नमागेको जिकिर गर्दै कस्ले राजिनामा माग्यो भन्दै जंगिएकोे स्रोतले लोकपथलाई जानकारी दिएको छ ।

अध्यक्षद्वयको टकरावका कारण पछिल्लो समय पार्टी विवाद एकाएक चुलिएको छ । मन्त्रिमण्डल पुनर्गठन, राजदूतहरुको नियुक्ती लगायतका विषयहरुले ओलीसँग रुष्टिरहेका प्रचण्ड समूह कर्णाली प्रदेशको मुख्यमन्त्री विवाद पछि असन्तुष्टिको श्रृङ्खला उचाइमा पुगेको थियो । साथै प्रधानमन्त्रीको भारतीय गुप्तचर संस्था रअका प्रमुखसँगको भेटघाटपछि थप विवाद चुलिँदै पार्टी फुटको संघारमा पुगेको संकेत बाहिरिएको थियो ।

यसअघि बुधवार भेटघाट हुने भनिएपनि विविध कारण देखाउँदै भेट हुन सकेको थिएन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?