बिहीवार घट्यो नेप्से : कारोबार रकममा भने सुधार

काठमाडौं । बिहीवार शेयरबजार परिसूचक नेप्से ४.५५ अंकले ओरालो लागेको छ । ०.२८ प्रतिशतले घटेको बजारमा नेप्से यस साताका लागी १६३६.०९ अंकमा बन्द भएको छ ।

समूहगत परिसूचकमध्ये बिहीवार ४ वटा समूहको परिसूचक बढ्दा बाँकि ८ समूहको परिसूचक घटेको छ । जसमा ट्रेडिङ समूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशतले घटेको छ भने बाँकि सबै समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटबढ भएको छ ।

बिहीवार ५ कम्पनीको १० करोड भनद धेरैको कारोबार भएको छ जसमा प्राईम कर्मशियल बैंक लिमिटेडको २० करोड भन्दा धेरैको कारोबार भएको छ । शेयर संख्याका आधारमा अरुण काबेली पावर लिमिटेडको सर्वाधिक ६ लाख ६४ हजार भनदा धेरै कित्ताको शेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा एभरेष्ट बैंक लिमिटेडको सर्वाधिक १ हजार ८ सय ६९ पटक कारोबार भएको छ ।

घटेको बजारमा ४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ भने निरन्तर बढिरहेको विशाल बजार कम्पनी र शिव श्रि हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक ८.५० र ७.८८ प्रतिशतले घटेको छ ।

बिहीवार २०० कम्पनीको ३५ हजार ३ सय ३५ पटकको कारोबारमा ९१ लाख २३ हजार ८ सय ९६ कित्ता शेयरको खरिदबिक्रि हुँदा २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १ सय ७६ रुपैयाँ ५३ पैसा बराबरको कारोबार भएको छ ।

बिहीवारको बजारमा ६५ कम्पनीको शेयरमूल्य उकालो लाग्दा ८८ कम्पनीको शेयरमूल्य घटेको छ बाँकि २१ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?