ढकालको भनाईप्रति प्रधानको आक्रोश- ‘ताई न तुईको फुँई नदेखाए हुन्छ’ !

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले आफ्ना प्रतिष्पर्धी चन्द्र ढकालको भनाइप्रति आपत्ति जनाएका छन् ।

बुधवार लोकपथ सँगको कुराकानीमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले महासंघमा आउटडेटेड इनर्जी होइन अपडेटेड इनर्जीको आवश्यक्ता रहेको बताएका थिए । जस्को अर्थ युवा पिडिले नेतृत्व हाक्न पाउँन पर्छ भन्ने थियो ।

महासंघमा चलिरहेको सहमतीको प्रयासलाई मध्यनजर गर्दै ‘सहमती भनेको आउट डेटेडलाई बाईबाई र अपडेटेड इनर्जीलाई नेतृत्व दिने र त्यो व्यक्ति आँफै भएको दावी गरेका थिए ।

 

उक्त भनाइको खण्डन गर्दै वरिष्ठ उपाध्यक्षका अर्को उम्मेदवार प्रधानले यो कुराको कुनै तुक नै नरहेको बताएका छन् । अमेरिकाको राष्ट्रिपति, भारतका प्रधानमन्त्रीदेखि लिएर नेपालका प्रधानमन्त्रीको उदाहारण दिँदै उमेर र अनुभवसँगै व्यक्ति अपटेड हुने बताए ।

उनका अनुसार जस्ले आफूलाई अपडेटेड भन्छ र अरुलाई आउटडेटेड भन्छ खासगरि उहि व्यक्ति केहि नजानेर आउडेटेड हुने प्रधानले लोकपथसँगको कुराकानीमा बताएका छन् ।

“उमेरसँग अनुभव बढ्दै जान्छ , अनुभव बढ्दै जानु नै अपडेट हुदैँ जानु हो”, उनले भने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?