तोलामा सयले घट्यो सुन

काठमाडौं । बिहीवार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।

बुधवार छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा बिहीवार प्रतितोला ९६ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य १ सय रुपैयाँले घट्दा चाँदी भने ५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?