मेरो माइक्रोफाइनान्सको १७.८३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ का लागी मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको बुधवार बसेको १०२ औँ सञ्चालक समितिको निणर्य अनुसार आ.व २०७६/७७ को वितरण योग्य मुनाफाबाट १७.८३१५ प्रतिशत लाभांश वितरण गर्ने नेपाल स्टक एक्स्चेन्जलाई पत्र मार्फत जानकारी पठाएको छ ।

जसमध्ये १६.९३९९ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ भने ०.८९१६ प्रतिशत बोनस शेयरको कर प्रयोजनार्थका लागी छुटइएको छ ।

नेपाल राष्ट्र बैंक र कम्पनीको साधारण सभाले स्वीकृत गरे पश्चात मात्र उक्त लभांश वितरण योग्य हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?