मन्त्रिपरिषद् बैठक शुरु

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

यो दशैँपछि पहिलो मन्त्रिपरिषद् बैठक हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेको भन्ने आरोप पार्टीकै नेताहरुले लगाइरहेका छन् ।

मन्त्रिपरिषद् बैठकले यसअघि गरेका कतिपय निर्णयहरुले ओलीले आफूखुसी गरेको भन्ने आरोपकाबीच आज मन्त्रिपरिषद् बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?