एभरेष्ट बैंकको लाभांश घोषण, कति बोनस र कति नगद वितरण गर्दै छ ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नेपाल स्टकलाई आफूले लाभांश घोषणा गरेको पत्र पठाएको छ । ।

बैंकको कार्तिक १९ गते, बुधबार बसेको ३२२औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?