आज नरावणे नेपाली सेनाका मानार्थ महारथी बन्दै

काठमाडौं । भारतीय सेनाअध्यक्ष मनोजमुकुन्द नरावणे बिहीवार(आज) देखि नेपाली सेनाको मानार्थ महारथी बन्ने भएका छन् । बुधवारदेखि नेपाल भ्रमणमा रहेका नरावणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट हातबाट नेपाली सेनाको मानार्थ महाराथी बन्न लागेका हुन् । उनी नेपाली सेनाको महारथीको सम्मान पाउने १८ औँ व्यक्ति हुन् ।

बुधवार बिहान काठमाडौं आइपुगेका नरावणेले काठमाडौंका विभिन्न एतिहासिक सम्पदा र पशुपतिनाथको दर्शन समेत गरेका छन् ।

सन १९५० देखिनै नेपाल भारतले एक अर्काको देशमा मानार्थ महारथिको सम्मान दिने प्रचलन रहि आएको छ । साथै राणा प्रधानमन्त्री वीर शमशेरको पालाबाटै यो परम्पराको शुरुवात भएको सेनाको उच्च स्रोतको दाबी रहेको छ ।

बुधवार राष्ट्रपति भवन शितल निवासमा हुने एक विशेष कार्यक्रमकाबीच नरावणेले राष्ट्रपतिको हातबाट मानार्थ सेनाप्रमुखको सम्मान लिनेछन् । तीन दिने नेपाल भ्रमणमा रहेका उनले शुक्रवार भारत फर्किनुअघि प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओली, नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापा लगायतसँग भेटघाट गर्नेछन् । भने विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम तय भएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?