युभेन्टसको जितमा एफटिसी स्तब्ध !

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टसले दोस्रो जित हात पारेको छ । बुधवार राति भएको समूह चरण अन्तर्गत खेलमा युक्रेनी क्लब एफटिसीलाई ४-१ गोल अन्तरले पराजित गर्दै युभेन्टसले दोस्रो जित हात पारेको हो ।

BL: kínos hibák, kellemetlen vereség | Goal.com

अल्भारो मोराटाले सातौं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा मोराटाकै गोलबाट युभेन्टसले अग्रता दोब्बर बनायो ।

खेलको ७३ औं मिनेटमा पाउल डिबालाले गोल गर्दै युभेन्टसलाई ३-० को अग्रता दिलाए । ८१ औं मिनेटमा एफटिसीका लाशा डीभालीले आत्मघाती गोल गर्दा युभेन्टस ४-० ले अघि रह्यो ।

A Juve a fordulás után őrölte fel az FTC-t DIGI Sport HD

खेलको ९० औं मिनेटमा घरेलु टोलीका फ्रान्क बोलीले एक गोल गरेपनि खेलमा फर्कन भने सकेन् । जितसँगै समूह जी को युभेन्टसले ३ खेलमा ६ अंक जोडेको छ । युभेन्टस समूहको दोस्रो स्थानमा रहेको छ ।

एफटिसी ३ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?