काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम ढाका प्रस्थान गरेका छन् । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिम ढाका प्रस्थान गरेका हुन् ।
२५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम आज बिहान बंगलादेश प्रस्थान गरेका छन् ।
ढाका जाने टिममा ८ नयाँ खेलाडी रहेका छन् । टिमका महत्वपूर्ण केहि सदस्य भने कोरोना संक्रमण देखिएपछि बंगलादेश गएका छैनन् । नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
कोको छन् टिममा :
अजित भण्डारी, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, भरत खवास, विकास खवास, बिक्रम लामा,विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रंजित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, छिरिङ गुरुङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया