बिहीवार अधिकांश मुद्राको भाउमा बढोत्तरी, कस्तो छ आजको विनिमयदर ?

काठमाडौं । नेपाली बजारमा बिहीवार १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसामा कारोबार भइरहेको छ । यस्तै बुधवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९५ पैसा तोकेको छ । बुधवार १ यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५५ पैसामा कारोबार भएको थियो ।

बिहीवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा निर्धारण गरेको छ । एक कारोबार दिन अगाडि बुधवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ९४ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ४३ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३१७ रुपैयाँ ९४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?