ट्रम्पभन्दा बाइडेन ५० इलेक्टोरल भोटले अगाडि

काठमाडौं । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा अहिले राष्ट्रपतिका लागि चुनाव भएर त्यसको मतगणना भईरहेको छ ।

हालसम्म वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा डेमोक्रेटिक उम्मेद्वार जो बाइडेन इलेक्टोरल भोटमा अगाडि रहेका छन् ।

उनले हालसम्म २६४ इलेक्टोरल भोट ल्याईसकेका छन् भने ट्रम्पले २१४ इलेक्टोरल भोट मात्रै ल्याएका छन् ।

बाइडेन अब जितका लागि मात्र ६ इलेक्टोरल भोटले पछाडि रहेका छन् ।

अमेरिकामा जितका लागि २७० इलेक्टोरल भोटको आवश्यक पर्दछ । ट्रम्पभन्दा बाइडेन अहिले ५० भोटले अगाडि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?