काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हालसम्म विश्वमा १२ लाख ३० हजार ७५३ जनाको मृत्यु भएको छ भने ४ करोड ८४ लाख १९ हजार ७२१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ४६ लाख ७० हजार २१६ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै बुधवार विश्वमा ५ लाख ७० हजार ९३४ जनालाई संक्रमण भएको छ भने ९ हजार ६३ जनाको मृत्यु भएको छ ।
यो संख्या हालसम्मकै विश्वमा एकैदिन मृत्यु हुनेको धेरै संख्या हो । यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म २ लाख ३९ हजार ८२९ जनाको मृत्यु भएको छ भने ९८ लाख १ हजार ३५५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६२ लाख ९२ हजार १९ जना संक्रमण मुक्त भएका छन् भने ३२ लाख ६९ हजार ५०७ जना उपचाररत छन् ।
त्यस्तै १८ हजार ४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा हालसम्म ९ लाख ८८ हजार ३२५ जनालाई संक्रमण भएको छ भने १८ हजार ९०४ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा १७ हजार ८१६ जनाको मृत्यु भएको छ भने ९ लाख ५२ हजार ७०१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ८ लाख २१ हजार १२३ जनालाई संक्रमण भएको छ भने १६ हजार ९२२ जनाको मृत्यु भएको छ ।
अमेरिकामा बुधवार हालसम्मकै सबैभन्दा धेरै १ लाख ८ हजार ३८९ जना संक्रमित थपिएका छन् भने १ हजार २०१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया