विश्वमा कोरोनाबाट हालसम्मकै सबैभन्दा धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा १२ लाख ३० हजार ७५३ जनाको मृत्यु भएको छ भने ४ करोड ८४ लाख १९ हजार ७२१ जनालाई संक्रमण भएको छ । त्यस्तै ३ करोड ४६ लाख ७० हजार २१६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै बुधवार विश्वमा ५ लाख ७० हजार ९३४ जनालाई संक्रमण भएको छ भने ९ हजार ६३ जनाको मृत्यु भएको छ । यो संख्या हालसम्मकै विश्वमा एकैदिन मृत्यु हुनेको धेरै संख्या हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?