ट्रम्प अदालत गए के हुन्छ ?

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि मंगलवार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ । यही बीचमा राष्ट्रपतिका दुबै उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पले चुनावी नतिजा आफ्नो पक्षमा रहने दाबी गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै महत्वपूर्ण मानिने फ्लोरिडा राज्यमा विजय हासिल गरेक छन् ।

करोडौं मत गणना गर्न बाँकी रहेकै अवस्थामा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट बोल्दै निर्वाचनमा आफूले जित्ने निश्चित भइसकेको तर धाँधली हुने सम्भावना अझै रहेको दाबी गरेका छन् । उनले चुनावी परिणामलाई लिएर आफू सर्वोच्च अदालत जाने पनि बताए ।
अदालत गए के हुन्छ ?

ट्रम्पले पहिले देखि नै भन्दै आइरहेका छन् कि यदि आवश्यक पर्यो भने अदालत गएर पनि चुनाव जितिन्छ । उनको संकेत सन् २००० को चुनावतर्फ छ । त्यतिबेला डेमोक्रेटिक उम्मेदवार अल गोर फ्लोरिडामा ५३७ मतले हरेका थिए । यसबारे भएको विवाद अदालतसम्म पुगेपछि सर्वोच्च अदालतले जर्ज डब्लू बुसलाई विजेता घोषित गरेको थियो । सन् २०२० मा हुलाकमार्फत अध्यधिक मतदान भएकाले विवाद निम्तने सक्ने सभ्भावनाहरु रहेको समाचारमा जनाइएको छ। यदि यस्तो भएमा नतिजा आउन एक साता पनि लाग्न सक्नेछ ।

यस्तै २०२० को चुनावलाई लिएर ३ सयभन्दा धेरै मुद्दा दर्ता भइसकेका छन्, जहाँ चुनावी प्रक्रियासँग जोडिएका कानून तोडिएको आरोप छ । हुलाकी मतपत्रको अनियमितता र बदलिएका चुनावी नियमलाई मध्यनजर गर्दा अझै अन्य मुद्दाहरु दर्ता हुनसक्छन् । जसले थप समस्या निम्त्याउन सक्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?