काठमाडौं – तिहार नजिकिएसँगै बजारमा चहलपहल पनि बढ्न थालेको छ । कोरोना महामारीको कारण मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । अघिलला वर्षहरुमा जस्तो ठेलमठेल भिडमा सामान किन्न डरमर्दोअवस्था आएका कारण पनि अत्याधिक भिडभाडमा जानुभन्दा अहिलेदेखि आवश्यक सामाग्री किनमेल गरी जोहो गर्न भन्दै मानिसहरु किनमेलका लागि निस्कन थालिसकेका छन्। दिउँसोपख र साँझबिहान काठमाडौंको असन, ईन्द्रचोक क्षेत्रमा निकै भिड हुन थालिसकेको छ । तर सावधान !भिडभाडको मौका छोपेर पकेटमारहरु विभिन्न कोडभाषामा मानिसका गरगहना, धनमाल, नगद चोरी गर्ने गर्छन् ।
चाडबाडको मुखमा बजारहरुमा भिडभाडमा तिहारको किनमेलका लागि निस्कँदै हुनुहुन्छ भने अझ बढी सचेत र सावधान रहनुहोस् ।

यस्ता छन् पाकेटमारका कोडभाषा, थाहा पाइराख्नुस् :
केटालाई छापा, केटीलाई भद्री । यो पाकेटमारले प्रयोग गर्ने शब्दावली हो । प्रकरीका अनुसार सार्वजनिक सवारीमा पाकेट मार्नेहरुले नयाँ नयाँ कोड भाषा बनाई समूहमा प्रयोग गर्ने गरेका छन् ।
केलाई के भन्छन् ?
पैसा : द
मोबाईल : कान
पकेटमारीपीडित : रामे
मुख्य पाकेटमार : काशी
पैसा धेरै : टानको द
पैसा थोरै छ : जुटको द
गाडी : काँचा
केटा : छापा
केटी : भद्री
पुलिस आयो : ठुल्दाई आयो
ड्राईभर : माम
खलासी : मले
गाडीबाट झरेर भाग : टप्की
गाडीभित्र अगाडि सर : अकल जा
गाडीभित्र पछाडी सर : चिछल जा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया