काठमाडौं । प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसले वीर अस्पतालमा कार्यरत चिकित्सकहरुको राजिनामा दिएको सन्दर्भमा सरकारसँग प्रश्न गरेको छ ।
बुधवार आफ्ना मागहरु अस्पतालले पुरा नगरेको भन्दै अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ चिकित्सकहरुले सामूहिक राजिनामा बुझाएका छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा लेख्दै वीर अस्पतालमा चिकित्सकहरुको सामुहिक राजिनामा किन भन्दै प्रश्न गरेका छन् ।
साथै चिकित्सकहरुले अघि सारेका मागहरु अविलम्ब सम्बोधन गर्न माग समेत गरेका छन् ।
उनले भने, “वीर अस्पतालमा चिकित्सकहरुको सामुहिक राजिनामा किन ? अघि सारिएका माग र भावना अविलम्ब सम्बोधन गर !”
त्यस्तै सत्ताको युद्धबाट फुर्सद निकालेर महामारी विरुद्ध लढिरहेका चिकित्सकहरुको आग्रहलाई सुन्न आग्रह गरे । विश्व कोरोना महामारीबाट लढिरहेका बेला कोरोना महामारीको युद्ध लढ्नको लागि स्वास्थ्यकर्मीको नेतृत्वको रहेको भन्दै प्रवक्ता शर्माले उनीहरुको आग्रहलाई सुन्न आग्रह गरेका छन् ।
उनले भने, “सत्ताको युद्धबाट थोरै फुर्सद निकालेर महामारी विरुद्ध युद्ध लडिरहेकाहरुलाई सुन्न @PM_Nepalलाई आग्रह l नभुलौं,संसारले आजको युद्ध जित्ने स्वास्थकर्मिहरुकै नेतृत्वमा हो l”
अस्पताल प्रशासनसँग विभिन्न मागहरु राख्दै आएका उनीहरुले माग पुरा नभएको अस्पतालका निर्देशक डा। केदार सेन्चुरी समक्ष राजिनामा बुझाएका हुन् ।
अस्पतालले दशैँको भत्ता नदिएका, तलब कतौती गरेर दिएको तथा हप्तामा ९६ घण्टा काममा खटाइएको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै अस्पतालले विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोबल गिरावट भएको समेत चिकित्सकहरुले बताएका छन् ।
वीर अस्पतालमा चिकित्सकहरुको सामुहिक राजिनामा किन ? @hello_sarkar अघि सारिएका माग र भावना अविलम्ब सम्बोधन गर !
सत्ताको युद्धबाट थोरै फुर्सद निकालेर महामारी विरुद्ध युद्ध लडिरहेकाहरुलाई सुन्न @PM_Nepal लाई आग्रह l नभुलौं,संसारले आजको युद्ध जित्ने स्वास्थकर्मिहरुकै नेतृत्वमा हो l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 4, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया