२०७८,श्रावण,१४,बिहीवार

दशैँ सकिए लगत्तै रोजगारीको लागि भारत जाने बढे

२०७७,कार्तिक,१९,बुधबार १७:२६


काठमाडौं । हिजोआज कञ्चनपुरको त्रीनगर गौरीफन्टा नाकामा भारत जानेहरुको लामो लाइन देखिन्छ ।

दशैं अघि यही नाकामा दशैँ मनाउनका लागि स्वदेश फर्किनेहरुको चहलपहल थियो । दशैँ सकिए लगत्तै रोजगारीका लागि फेरी भारत जानेहरुको घुइचो बढ्न थालको छ ।

कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा रोजगारीका लागि भारत जानेहरुको भिड लाग्ने गरेको छ । चाडपर्व मनाउन स्वदेश आएका मानिसहरु दशैं सकिए लगत्तै फेरी रोजगारीका लागि भारत फर्किएका हुन् । दशैँ सकिएर तिहार आउनै लाग्दा भारत जानु रहर नभई बाध्यता भइको उनीहरुले बताएका छन् । देशभित्रै काम नपाउने भएपछि दुई चार पैसा कमाउन र परिवारको लालनपालनकै लागि भारत जानुपर्ने बाध्यता रहेको पनि उनीहरुले बताए ।

कोरोना संक्रमणका कारण स्वदेश फर्किएकाहरु पनि फेरी भारत जान बाध्य भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाका कारण घर फर्किएकालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने बताएको छ । तर देशभित्र रोजगारी पाउने अवस्था नै नभएपछि चाडपर्वको बीचमै पनि मानिसहरु रोजगारीका लागि भारत जान बाध्य छन् । देशभित्रै रोजगारीको अवसर नभएकाले चाडपर्वको प्रवाह नगरी काम खोज्न भारत जानुपरेको गुनासो पनि धेरैको छ ।

सुदूरपश्चिमका दुई नाका गड्डाचौकी र त्रिनगर गौरीफन्टा भएर मात्रै दैनिक हजारौको संख्यामा नागरिकहरु भारत भइरहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १ गते देखि १६ गतेसम्म १२ हजार ७ सय ६३ नेपाली भारत प्रवेश गरेका छन् । जसमा २ हजार ४ सय ५० महिला र १ हजार ४ सय ५ बालबालिका पनि छन् ।

 

प्रकाशित मिति: २०७७,कार्तिक,१९,बुधबार १७:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मोरङ । मोरङमा सुन पसल लुट्न खोज्ने एक गिरोह प्रहरीको फन्दामा परेको छ । सुन्दरहरैंचा १० मा रहेको शिव पाञ्चायन

धनगढी । साउनको ४ गते दिउँसो भजनी नगरपालिका–५, लालभोजीका ३७ वर्षीय आशाराम चौधरी घरभित्रका सामान निकाल्दै थिए । घर आँगनमै

काठमाडौं । संसदीय समितिले स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय

सर्लाही । केही सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीसँग शुल्क असुल्ने गरेका पाइएको छ । निःशुल्क पढाउनुपर्नेमा अधिकांश विद्यालयले विभिन्न बहानामा

ताजा समाचार

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढे
 २०७८,श्रावण,१३,बुधबार २२:५८
लागुऔषधसहित एक युवक पक्राउ
 २०७८,श्रावण,१३,बुधबार २२:४९
महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
 २०७८,श्रावण,१३,बुधबार २१:४३